मनाेरञ्जन
प्राविधिकलाई नायिका करिश्मा मानन्धरद्वारा सहयोग

काठमाडौं, १६ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमणले देश चपेटामा परेको छ ।
हजारौ व्यक्तिहरु दैनिक संक्रमित भइरहेका छन् । यस्तो अवस्थामा नेपाली फिल्मकी नायिका करिश्मा मानन्धरले बिहीबार ३० जना प्राविधिकहरुलाई राहत हस्तान्तरण गरेकी हुन् । उनले प्राविधिकहरुलाई चामल, दाल, तेल, नुन, र नगद १५ सय रुपैयाँ वितरण गरकी हुन् । उनले प्राविधिकहरुलाई अरुले पनि सहयोग गर्न आग्रह गरेकी छिन् ।




