
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको बताउदै एक प्रेस बिग्यप्ती जारी गरेकाछन् ।
अध्यक्ष यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयमा पूर्वाग्रहपूर्ण भएको बताउँदै आयोगको निर्णय प्रति राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिलाई अवज्ञा गर्दै उपेक्षा र तिरस्कार गरेको ठहर प्रेस बिग्यप्तीमा उल्लेख छ ।
बिग्यप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको भन्दै आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको भन्दै अधयक्ष यादवद्धारा मंगलबार जारी विज्ञप्तिमा जसपाको ४ जना पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा विधिवत् निष्काशन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा निर्वाचन आयोगले त्यसमा कुनै ध्यान नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप लगाएकाछ्न ।
उपेन्द्र यादव अध्यक्ष रहेको उक्त बिग्यप्तिमा निर्वाचन आयोगको निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आयोगले आफ्नो अनुकूलता अनुसार बङ्ग्याई अपब्याख्या गरेर उसले कसैको दबाब वा प्रलोभनमा पार्टी विधान विपरीत काम गर्ने, दलको आचार संहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन ब्याक्ति पदाधिकारी र कार्यकारिणी सदस्यको दुरुपयोग गर्नेलाईनै बैधानिकता दिन खोजिएको जस्तो देखिएको र उक्त कार्य विधि सम्मत नरहेको पनि जसपाले ठहर गरेको छ ।
यस बिसयमा पार्टी केन्द्रिय सदस्य दलमर्दन कामी संग कुरा गर्दा उनले भने बिग्यप्तीमा सबै कुरा आएक छ अब हाम्रो लडाइँ हुन्छ । त्यो लडाइँ कस्तो हुन्छ भन्नेकुरा समक्षिप्त रूपमा आएको छ अझै बाकी जसपा नेपालको केन्द्रिय कार्यकारी समितिको बैठक जेठ ३गते बस्तै छ उक्त बैठकले अझै ठोस निर्णय लिएर लिने छ। उनले भने निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा कसैको उक्साहटमा जस्तै एकपक्षीय हीत अनुरुप निर्वाचन निर्णय गरेको भन्दै उक्त निर्णय मान्य हुन नसक्ने भन्दै निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध पार्टीले अब राजनीतिक र कानुनी उपचारका लागि संघर्ष गर्ने जानकारी गराएकाछ्न।




