भिडियो
‘बिहानीको मिरमिरेमा’मा उषा र सुधिर

गायक प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यो भिडियोमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । गीतकार तिवारीको यसअघि ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा सुधिर र उषा रोमान्टिक मुडमा देखिएका छन् ।




