खेलकुद
आईतवार भारत र न्युजिल्यान्ड भिड्दै

कार्तिक १३, बसन्त बोगटी, धनगढी। टी–२० विश्वकवअन्तर्गत दुई वलिया टोलि भारत र न्यूजिल्याण्ड आईतवार भिड्दै छन्।
नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि यी दुई टोलि विच खेल सुरु हुनेछ भने भारतले प्रतियोगिताको दोस्रो चरणमा सम्भावनामा बलियो बनाइराख्न भोलिको खेल जित्नुपर्नेछ। विगतको खेलहरुलाई हेर्नहो भने भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्यूजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन र
टी–२० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलसमेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन र जसमा ६ वटा प्रतिस्पर्धामा न्यूजिल्याण्ड विजयी भएको छ र एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो। तेस्तै टी–२० विश्वकपमा दुई टिमबीच २ पटक प्रतिस्पर्धा भएको छ। र, दुबै पटक न्यूजिल्याण्ड विजयी भएको छ।




