भारतिय मुख्य प्रशिक्षकमा द्रविड नियुक्त

कमलेश चौधरी, धनगढी। भारतीय क्रिकेट टिमका पूर्वकप्तान राहुल द्रविड भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनिले रभी शास्त्रीको ठाउँ लिनेछन्।
युएईमा जारि टि-ट्वान्टी विश्वकप पछि द्रविडले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् र भारतले नोभेम्बर १७ तारिख देखि घरेलु मैदानमा न्युजिल्यान्ड बिरुद्ध तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय र दुईवटा टेस्टको सिरिज खेल्नेछ जसबाट द्रविडको जिम्मेवारी सुरु हुनेछ।
“बिसीसीआई राहुल द्रविडलाई भारतीय सिनियर पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा स्वागत गर्दछ। राहुल खेलको महान खेलाडी पनि हुन् जसको खेलाडी करियर शानदार थियो। उनले यस अघि नेसनल क्रिकेट एकेडेमीको ( एनसीए ) मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।”
भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले बिसीसीआईद्वारा जारि बिज्ञप्तिमार्फत बताएका छन्।



