समाचार
मुख्यमन्त्री राईले श्रीमतीसँगै लिचीको विरुवा रोपेर जन्मदिन मनाए

११ असार, काठमाडौं मकल राई। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ । उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको छ । ‘आज मेरो जन्म दिन । गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु ।
आज मैले मेरो जीवन संगिनीको साथमा आफ्नै निजी निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु,’ उहाँले भन्नु भएको छ, ‘आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु।’




