धर्म संस्कृतिसमाचार
उदयपुर गाईघाटमा नगर स्तरीय ख्रीष्टमस कार्यक्रम सम्पन्न

पौष १० गाईघाट, दिपेन्द्र राई। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा नगर स्तरीय संयुक्त बृहत ख्रीष्टमस कार्यक्रम सम्पन्न भएको छ।
‘शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम २०७८’ नाम दिइएको उक्त कार्यक्रम पिपल चोकबाट र्याली निकालिएर बजार परिक्रमा गर्दै पुरानो गाईघाट हवाई फिल्डमा कोट सभामा परिणत भइ सम्पन्न भएको थियो। जिल्लाका सम्पूर्ण चर्चका पास्टर र मण्डलीहरुको उपस्थिति थियो।

ख्रीष्टमसको बास्तबिकता र येशु ख्रीष्टको जन्ममा केन्द्रित भइ प्रबचन, नृत्य साथै गितहरु प्रस्तुत गरिएको थियो।




