धर्म संस्कृतिसमाचार

ख्रीष्टियन पहिचानको मुद्धाको लागि ‘नेपाल ख्रीष्टियन एसोसिएसन’

काठमाण्डौँ। नेपाल ख्रीष्टियन एसोसिएसनको केन्द्रीय समितिको विस्तारित बैठक बसेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले आगामी तीन महिनाभित्र स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै आफना राजनीतिक र सांगठनिक एजेण्डाहरुमा छलफल गरेको हो।

बैठकले माघ महिनाभित्र स्थानीय ख्रीष्टियन जनप्रतिनिधिहरुको भेला बोलाउने र ३ महिनाभित्र राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको एसोसिएसनका केन्द्रीय अध्यक्ष कर्ण बहादुर थिङले जानकारी दिए ।विभिन्न क्षेत्रबाटको समानुपातिक र सामावेशी प्रतिनिधि भएको यस एसोसिएसनले यो हप्ताभित्र केन्द्रीय सम्पादन समितिको गठन गरी विभिन्न विभागको गठन गर्ने र गठित विभागबाट कार्यपत्र बनाई आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको अध्यक्ष थिङले बताए।

ख्रीष्टियन पहिचानको मुद्धा स्थापित गर्न र समुन्नत रुपान्तरित राष्ट्र निर्माणका लागि राजनीतिक शक्तिहरुको साझा अभियानका रुपमा स्थापित एसोसिएसनमा ३५ केन्द्रीय समिति रहेको छ। समुन्नत राष्ट्र निर्माण गर्न नेतृत्वमा नैतिकता, इमान्दारिता, पारदर्शीता र सेवामुलक हुन जरुरी रहेकोले ती सबै गुणयुक्त राजनीतिक चरित्र निर्माण गर्ने एसोसिएसनले प्रतिवद्धता गरेको छ।

साझा राजनीतिक शक्तिको निर्माणका लागि करिब दुईवर्षअघि ख्रीष्टियन समुदायभित्र राजनीतिक चेतनाको जागृत गराउने उदेश्यले अभियानको रुपमा स्थापित एसोसिएनले नेपालको २६ जिल्लामा राजनीतिक सचेतना कार्यक्रम लिएर स्थानीय र प्रदेशहरुमा अभियानको रुपमा संचालन गर्दै आएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>