समाचार

पत्रकार महासंघको २६ औं महाधिवेशन प्रारम्भ

५ फागुन, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको सचिव उदय जीएमले जानकारी दिए ।

विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>