अन्तराष्ट्रिय

रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो : अमेरिका

युक्रेनको सीमाबाट आफ्नो सेना हटाएको भन्ने रुसको दाबी ‘गलत’ भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। बरु पछिल्ला केही दिनमा थप ७ हजार सैनिक थपिएको अमेरिकाको भनाइ छ। युक्रेनलाई कुनै पनि समयमा ‘आक्रमण’ गर्नका लागि यस्तो हल्ला फिँजाइएको ती अधिकारीको दाबी छ।

सैन्य अभ्यास सकिएको बताउँदै मस्कोले सीमा क्षेत्रबाट आफ्नो सैनिकहरू हटाउन सुरु गरेको बताएको थियो। तर पश्चिमा राष्ट्रहरूले भने रुसको सो दाबीलाई समर्थन गर्ने कुनै पनि प्रमाण फेला नपारेको जिकिर गरेका छन्। ‘हिजो रुस सरकारले युक्रेनको सीमाबाट सैनिक हटाउन थालेको बताएको थियो,’ ह्वाइट हाउसका एक शीर्ष अधिकारीले पत्रकारहरूसँग बुधबार भने, ‘उक्त दाबी पछि उनीहरूले विश्वकै ध्यान खिच्न सफल पनि भए। तर, अहिले हामीले थाहा पायौँ कि त्यो दाबी गलत रहेछ।’

पश्चिमा राष्ट्रहरूले रुसमाथि युक्रेनलाई हमला गर्न लागेको आरोप लगाउँदै आएका छन्। रुसले त्यसैका लागि युक्रेनको सीमामा १ लाख बढी सैनिक तैनाथ गरेको उनीहरूको भनाइ छ। तर रुसले भने ती आरोपहरूको खण्डन गर्दै आइरहेको छ। रुसले पश्चिमा राष्ट्रको सो दाबीलाई ‘हिस्टेरिया’ को संज्ञासमेत दिएको छ। एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>