समाचारसुदूरपश्चिम प्रदेश

‘दुखीको घरमानै यस्तो किन हुन्छ ?’ शुदा कामीको घरमा फेरी आगोलागी

कमलेस चौधरी, धनगढी। ‘जहाँ गहिरो उहीँ पहिरो’ भनेझैं कैलारी गाउँ पालिका ४ की शुदा कामीको घरमा यस्तै घटना हुन पुगेको छ। करिव दुई वर्ष अघि देखि बिरामी भएर ओछ्यानमा पल्टिरहेकी शुदाको घरमा आगो लागेको छ। सम्झंदा ‘दुखीको घरमानै यस्तो किन हुन्छ ?’ प्रस्न उठ्छ।

दाउरामा खाना पकाउदै गर्दा आगोको झिल्का उछिट्टिएर र खरले बनाएको घरमा सल्किन पुगि घर आगलागिले क्षति ग्रस्त भएको थियो। नजिकै होली खेलिरहेका स्थानियले तत्काल उद्वार गरेका कारण मानविय क्षति हुनबाट बचेको स्थानिय जितु चन्दले एमबीखबरलाई वताउनु भएको छ।

बिरामी साथै आर्थिक अभावको कारण ओछ्यानमा पल्टिरहेकी छोरी सोभाको उपचारको लागि विभिन्न व्यक्ति, संघ सस्थाहरुसंग सहयोग माग्दै हिडिरहेको अबस्थामा आज घरमा फेरी आगोलागी भयर सडकको बास भएको र छोरीको उपचार गर्ने की घर वनाउने भनेर पिडित तेज बहादुर कामीले आफ्नो दुख सुनाए।

कामी परिवारले सरोकारवाला संघ सस्था लगाएत दयालु मनलाई सहयोगको अपिल पनि गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>