भिडियो
जगदिश समालको ‘लैजाउँला कान्छी’मा आर्यन र नम्रता
‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो, कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’ जस्ता चर्चित गीतका गायक जगदिश समालले नयाँ गीत ‘लैजाउँला कान्छी’ ल्याएका छन्। प्रेमका रमाइला प्रसंग तथा प्रेमीकालाई दिइएका आश्वासनले भरिएको गीतको भिडियो समेत बनेको छ।
भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता सापकोटाको रोमान्स देख्न सकिन्छ। सुदीप सापकोटाको समेत अभिनय देख्न सकिने भिडियो विधान कार्कीले निर्देशन गरेका हुन्। पुर्ण लामिछानेको संगीत र हरि सुजीको शब्द रहेको गीतको एरेन्जर आशिष अविरल दीपक एम सिंगको कोरियोग्राफी रहेको छ। हरि हुमागाईको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियो नक्षत्र प्रोडक्शनले निर्माण गरेको हो।