मनाेरञ्जन

फिल्मकर्मीको माग : विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्न

काठमाडौँ। नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाई गर्नुपर्ने माग राख्दै फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन्।

बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर ९ बुँदे ज्ञापनपत्र बुझाएको निर्देशक सोभित बस्नेतले जानकारी दिएका छन्।‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी, आफ्नै घरमा आगो लाग्दा पनि हेरी नै रहने हो त? आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्रसम्बन्धी अतिआवश्यक मागहरू सहित ज्ञापनपत्र बुझाएका छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले दाहाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरिदिनुपर्ने, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ। विदेशी फिल्मको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>