मनाेरञ्जन

‘हिमालयन रोडिज ४’ का विजेता नसिव तामाङ बने

हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘हिमालयन रोडिज ४’ को उपाधि नसिव तामाङले जितेका छन्। सोमबार भएको कार्यक्रमको ग्राण्ड फिनालेमा रोशन श्रेष्ठलाई पछि पार्दै नसिवले रोडिजको उपाधि तामाङले उचालेका हुन्।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको बाइक र ट्रफी हात पारेका छन्। फाइनल दिइएको टास्कलाई कम समयमा पूरा गर्दै उनले उपाधि जितेका हुन्। तीन महिना अघिदेखि सुरू भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए। यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ।

निर्णायकमा रेमन श्रेष्ठ, अनुप विक्रम शाही, दिया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए। हिमालय रोडिजको यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्। यो कार्यक्रम भारतीय रियालिटी शो ‘एमटिभी रोडिज’को नेपाली संस्करण हो। कार्यक्रमलाई भारतीय निर्माता ‘भायकम’ मार्फत फ्रेन्चाइजको रुपमा नेपालमा निर्माण गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>