‘कलाकारिता मेरो जिबनको अभिन्न अंग हो’ : कुमार अधिकारी

बि.स. २०२९ सालमा दोलखा जिल्लाको भेड्पु २ मा जन्मिएका कुमार अधिकारी कामको सिलसिलामा सानै उमेरमा काठमाडौँ आएका थिए।बुबा पहल बहादुर अधिकारीसंग काठमाडौ आएका कुमारको बिद्यार्थी जीवन राजधानीमै बिताएका उनि जीवन कालमा धेरै हण्डर खाएको बताउँछन्।
२०४६ सालमा १६ बर्ष पुगेपछि नागरिकता बनाइ ट्याम्बो चलाउन थालेका अधिकारीले मिनिट्रक हुँदै भक्तपुरे जर्मनी मिनिबस चलाउन थाले, यहि बिचमा कता कता उनलाइ कलाकारिताको मोह जाग्न थाल्यो। तर त्यो रहर पूरा नहुदै उनी ससस्त्र माओबादी राजनीतिमा होमिएको सम्झनछन।
२०६० सालमा खाडि मुलुक मलेसियामा रोजगारीको लागि बिदेशिन परेको थियो। ३ बर्ष को खाडी बसाइ पछि नेपाल फर्केका उनी फेरि गाडिनै चलाउन थाले। त्यही बिचमा उनको भेट एक कलाकेन्द्र सङ भयो, केही समय अभिनयको कक्षा लिएका उनलाइ निर्देशक संगीत सागर ले मंगले नामक टेलिफिल्ममा कलाकार बन्ने अबसर दिए, त्यस पश्चात् कुमारले हास्य टेलिफिल्म तात्तो न छारो, हुँदै ठूलो पर्दाको फिल्म रहस्यमा प्रमुख भुमिकामा अभिनय गर्न पनि भ्याए।
ठुलो पर्दाको फिल्महरु कोहि छैन कम, मेरो मुटुमा बसि हेर, अम्मर रहोस हाम्रो माया, रुन्छ मेरो मन, बिच्छी,फर्की आउ, फुल लगाएत फिल्महरुमा उनको जोडदार अभिनय रहेको छ। हाल एन्टिना घनश्यामको सामाजिक टेलिफिल्म मेरा बा, छोरीमा ब्यस्त रहेका कुमार यहि क्षेत्रमा लागिपरेर जिबन बिताउन चाहन्छन। भन्छन ‘कलाकारिता मेरो जिबनको अभिन्न अंग हो।’
हाल स्वास्थ अवस्था नाजुकका बाबजुत पनि यो क्षेत्रमा सक्रिय कुमारले थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन।




