स्वास्थ्य

गर्मिमा परिवारलाई लामखुट्टेबाट सुरक्षित राख्ने उपायहरु

गर्मिको मौसममा हामी बाहिर चर्को घाममा ननिस्किएर घर भित्रै परिवारसंग बस्न रुचाउँछौँ। आफ्नो घरलाई शीतल बनाउन हामी पंखा, ए. सी. चलाउँछौँ, फ्रिजबाट चिसो चिसो पानी खान्छौं तर आफ्नो त्यहि घरलाई सुरक्षित राख्न हामी केहि गर्छौं त?

नेपालको दैनिक बढ्दो तापमान संगै डेंगु र मलेरिया जस्ता रोगहरुको खतरा पनि बढिरहेको छ।
मलेरिया र डेंगु सामान्यतया लामखुट्टेको टोकाइबाट संक्रमित हुने रोगहरु हुन् र गर्मि मौसममा यी लामखुट्टेहरु अझै धेरै सक्रिय हुन्छन्। विशेष गरी मनसुनको समय लामखुट्टेहरुको लागि धेरै अनुकूल हुन्छ. साथै, मनसुनमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसको कारण हामीलाई पानीजन्य र लामखुट्टेबाट सर्ने रोगहरूको जोखिम अझै बढ्छ।

त्यसैले यो मौसममा आफू र आफ्नो परिवारलाई घरमा सुरक्षित राख्न निकै आवश्यक छ। आफ्नो जीवनशैलीमा सानो परिवर्तन र दैनिक जीवनमा राम्रो स्वच्छताको अभ्यासहरू पालना गरेमा हामी लामखुट्टेबाट हुने सबै रोगहरूबाट सुरक्षित भइ घरमा ढुक्कले बस्न सक्छौँ।
लामखुट्टेबाट सर्ने रोगहरुको रोकथाम गर्न यी उपायहरू अपनाउनुहोस्:

i) घर वरिपरि पानी जम्मा हुन नदिऔं। विशेष गरी मनसुनको समयमा वर्षाको पानी विभिन्न ठाउँमा जम्मा हुन्छ र ति ठाउँहरु लामखुट्टेको प्रजनन स्थल बन्छन्। त्यसैले नियमित घर भित्र र घर बाहिर जमिरहेको पानी फाल्ने र सफा राख्ने गर्नुपर्छ।

ii) बिहान र साँझ घरका सबै ढोका र झ्यालहरू बन्द राखौं। झ्याल र ढोकाहरुमा जाली जोडिए अझै उचित हुन्छ।
यसरी लामखुट्टेलाई घर भित्र प्रवेश गर्न बाटो नै नदिए पछि तपाईंको परिवार डेंगु र मलेरियाबाट सुनिश्चित सुरक्षित रहने छI

iii) GoodKnight Gold Flash प्रयोग गरौँ। यो लामखुट्टे विकर्षक परिवारलाई लामखुट्टेबाट सुरक्षित राख्ने सबैभन्दा सजिलो उपाय हो। यसमा भएको Flash Vapours ले घरमा लुकेका सबै लामखुट्टेहरुलाई भगाउँछ र यो बच्छाहरुको अगाडी प्रयोग गर्न पनि एकदमै सुरक्षित छ।

यसरी तपाईंले यी सरल उपायहरुको पालना गर्नु भएमा यो गर्मिको मौसम तपाईं र तपाईंको परिवारको लागि लामखुट्टे रहित बित्नेछI

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>