यी ७ चिजले हड्डी बलियो बनाउँछ, सेबन गर्नुहोस्

एजेन्सी। बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो। दुधले शरीरको क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ। दुध पक्कै पनि स्वस्थ हुन्छ। तर यसलाई क्याल्सियमको सबैभन्दा राम्रो स्रोत भन्नु गलत हुनेछ। २५० एमएलको गिलासमा करिब ३०० मिलिग्राम क्याल्सियम हुन्छ जसले क्याल्सियमको दैनिक आवश्यकताको २५ प्रतिशत मात्रै पूरा गर्छ। जबकी तपाईंको शरीरलाई दैनिक करिब १०००–१२०० मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ। आउनुहोस् आज यस्ता खानेकुराबारे जानकारी लिऔँ जसमा दुधभन्दा बढी क्याल्सियम पाइन्छ।
तोफुः २०० ग्राम तोफुमा करिब ७ मिलिग्राम क्याल्सियम हुन्छ। यो हेर्दा पनिर जस्तो हुन्छ। तपाईं यसलाई सब्जी वा सलादको रुपमा पनि आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ। यसबाहेक तोफुमा प्रोटिन, म्याग्नेसियम र फस्फरोस पनि पाइन्छ।
बदामः एक कप बदाम खाँदा तपाईंको शरीरले करिब ३०० मिलिग्राम क्याल्सियम पाउने गर्छ। तपाईंले बदामलाई विभिन्न रुपमा प्रयोग गर्न सक्नुहुन्छ। बिहानको समयमा भिजाएको बदाम खाँदा तपाईंको शरीरलाई अत्यधिक फाइदा मिल्छ।
दहीः एक कप सादा दही खाँदा हाम्रो शरीरले लगभग ३००–३५० मिलिग्राम क्याल्सियम पाउँछ। तपाईं ब्रेकफास्ट, लञ्च वा डिनर कुनै पनि बेला यसको सेवन गर्न सक्नुुहन्छ।
तिलको दानाः चा चम्चा तिलको दानाले शरीरमा ३५० मिलिग्राम क्याल्सियमको पूर्ति गर्छ। तपाईंले सलादको स्वाद बढाउनका लागि त्यसमा तिल हाल्न सक्नुहुनेछ। यसबाहेक लड्डु वा हलुवामा पनि यसलाई मिसाउन सक्नुहुन्छ।
काबुली चनाः काबुली चना मिठो हुने मात्रै होइन, यसले क्याल्सियमको कमी पनि पूरा गर्छ। दुई कप काबुली चनामा करिब ४२० मिलिग्राम क्याल्सियम पाइन्छ। तपाईं यसलाई मसला करी, मिक्स भेज वा सलादसँग खान सक्नुहुन्छ। काबुली चनामा फाइबर र म्याग्नेसियमको पनि निकै राम्रो मात्रा पाइन्छ।
चिया सिड्सः चार चम्चा चिया सिड्स खाँदा शरीरले करिब ३५० मिलिग्राम क्याल्सियम पाउँछ। एक गिलास पानीमा चिया सिड्स मिसाउनुहोस् र त्यसलाई करिब एक घण्टासम्म भिज्न दिनुहोस्। यो पिउँदा तपाईंको शरीरले भरपुर मात्रामा क्याल्सियम पाउँछ।
कोदोः कोदोमा पनि क्याल्सियमको निकै राम्रो स्रोत पाइन्छ। सय ग्राम कोदोमा करिब ३४५ मिलिग्राम क्याल्सियम पाइन्छ। कोदोलाई हप्तामा चार पटक मात्रै सेवन गरेको राम्रो। तपाईं कोदोको रोटी, केकलगायतका खानेकुरा बनाएर खान सक्नुहुन्छ।




