खेलकुद

पब्जीको विश्वकप आजदेखि, नेपाली टिम सहभागी

काठमाडौँ। पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) आज बिहीबारदेखि मलेसियामा सुरु हुँदैछ। पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता मध्येको एक पीएमजीसीमा नेपालसहित विश्वभरका टिमहरू प्रतिस्पर्धा गर्दैछन्।

नेपाली समयअनुसार दिउँसो ३ः३० देखि यो प्रतियोगिता सुरु हुने प्रतियाेगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले यो प्रतियोगितामा सहभागिता जनाउने छन्। यी टिम पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल च्याम्पियनशिपबाट यसका लागि छनौटमा परेका हुन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ।

१) लिग चरण:

यो प्रतियोगिताको पहिलो चरण लिगको रूपमा आयोजना हुनेछ । जहाँ नेपालका तीन टिम सहित कूल ४८ ओटा टिमले भाग लिनेछन्। सबै टिमलाई १६/१६ टिम गरी तीन समूहमा विभाजन गरिनेछ। त्यसपछि यी विभिन्न समूहबीच प्रतियोगिता सुरु हुनेछ। यो प्रतियोगिता नोभेम्बर १० देखि २७ सम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने छ।

जसबाट हरेक समूहका शीर्ष ३ टिम सोझै फाइनलको लागि छनौट हुनेछन् र समूहको खेल सकिँदा अन्तिम पाँच भित्र पर्ने टिम प्रतियोगिताबाट बाहिरिने छन्।

२) सर्भाइभल चरण:

यो प्रतियोगिताको दोस्रो चरण हो। जसमा पहिलो चरणबाट चौथोदेखि ११ औँ स्थानभित्र रहन सफल भएका हरेक समूहका आठ/आठ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन्। २४ टिमलाई आठ आठ गरी पुन: ३ समूहमा विभाजन गरी राउन्ड रोबिन शैलीमा कूल १८ खेल खेलाइने छ। जसबाट अङ्क तालिकामा शीर्ष १६ भित्र रहन सफल टिमलाई पुन: अर्को चरणमा खेलाइनेछ र अन्तिम आठ टिम प्रतियोगिताबाट नै बाहिरिने छन्। यो चरण नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म चल्नेछ।

३) लास्ट चान्स:

यो प्रतियोगिताको अन्तिम चरण हो। जसमा सार्भाइभल चरणबाट छनौट भएका १६ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन्। जसबाट शीर्ष चार टोली फाइनलको लागि छानिने छन्। अन्य बाँकी १२ टिम प्रतियोगिताबाट बाहिरिने छन्। लास्ट चान्सका खेल डिसेम्बर ३ र ४ मा हुनेछ। प्रतियोगिताको फाइनल इन्डोनेसियाको जकार्तामा जनवरी ६ देखि ८ सम्म हुनेछ। फाइनल चरणमा कूल १८ खेल खेलाइनेछ। जसमा प्रतियोगिताको लिग चरणबाट १३ टिम र आमन्त्रित तीन टिमले उपाधिका लागि भिड्ने छन्।

आमन्त्रित टिममा चीनको टिम एसएमजी र इन्डोनेसियाको अल्टर इगो लाइम्याक्स रहेका छन्। आमन्त्रित एउटा टोलीको भने अझै टुङ्गो लागिसकेको छैन। यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० लाख अमेरिकी डलर (५२ करोड रुपैयाँभन्दा बढी) रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>