अर्थ खबर

कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने, १७ पुसबाट एकीकृत कारोबार सुरु

काठमाडौं, १२ पुस। कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक( एनसीसी) पुस १७ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो। साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने कुमारी बैंकको नामबाट हुने सुचना मार्फत जनाएको छ। दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो।

दुबै बैंकले विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवाहरु पुस १५ र १६ गते सार्वजनिक विदा रहेकोले सो दिन सबै सेवाहरु बन्द रहने पनि बैंकले जानाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>