अर्थ खबर

बैंक सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्यो : गभर्नर

२५ पुस, काठमाडौं। नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन्।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए। यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए। बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए।

मुख्य सचिव शंकरदाश बैरागीले अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको बताए। आर्थिक सूचकमा सुधार देखिदै गरेको भन्दै उनले यो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योजगदान पुर्‍याउने बताए। उनले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको समेत बताए। ‘निजी क्षेत्र हतोत्साहित हुनुपर्ने भयावह अवस्था छैन। सरकारले निजी क्षेत्रलाई साथ दिनेछ,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल कसरी बढाउन सकिन्छ भनेर यो सरकारको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय नै त्यसमा केन्द्रित हुने भनेर गरेको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>