मनाेरञ्जन

‘तिम्रो मेरो साथ’ले पोखरादेखि थाल्यो मोफसल यात्रा

काठमाडौं। पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’ले देश दौडाहा थालेको छ। मंगलबार पर्यटकीय नगरी पोखरादेखि फिल्मले प्रचारप्रसार थालेको हो।

निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ। फिल्मको टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफ्नो टीम उत्साहित भएकोे निर्देशक पौडेलले सुनाए। फिल्मलाई पोखरेली दर्शकले साथ दिएकोप्रति अभिनेत्री साम्राज्ञी शाहले खुशि व्यक्त गरिन्।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा राखेको अभिनेता पुष्प खड्काले बताए। सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसी, इमिलीको अभिनय छ। सविर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेशकाजीको संगीत, रामजी लामिछानेको नृत्य र भुपेन्द्र अधिकारीको सम्पादन छ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ। सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>