राजनीति

खुमलटारको कौसीमा प्रचण्ड र ओली

काठमाडौं, १३ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन्।

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ। ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ।

तस्बिर साैजन्य : प्रधानमन्त्री प्रचण्डकाे सचिवालय

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>