अर्थ खबर
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ पठाउँदै

१३ पुस, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैकिङ प्रणलीमा ५० अर्ब तरलता पठाउने भएको छ। तरलता व्यवस्थापन गर्न साधारण प्रकृतिको रिपोमार्फत ४५ दिनको लागि उक्त तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ।
पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने र राष्ट्र बैंकले पुर्नकर्जा नवीकरण नगर्दा प्रणालीमा थप दबाब पर्न सक्ने भएकाले रिपोमार्फत बैकिङ प्रणालीमा तरलता पठाउन लागेको हो। आन्तरिक ऋण परिचालन गर्न पनि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधामार्फत (एसएलएफ) सापटी लिनुपर्ने अवस्था सिर्जना हुने भएपछि राष्ट्र बैंकले उक्त मौदि्रक औजारमार्फत तरलता पठाउन लागेको जानाएको छ।
यस्तो रिपो बिहीबार १४ बोलकबुल हुने र यसको अवधी ४५ दिनको हुने बैंकले जनाएको छ।




