खेलकुद

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं, १५ पुस। विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए। पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन्। पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन्। पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन्। उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>