मनाेरञ्जन

फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा

काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।

चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत लिइसकेको छ । मिलन तामाङ, निर्माता निर्देशक रहेको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ । स्वर्गीय अभिनेता श्रेष्ठ अभिनित ‘कहाँ भेटिएला’ एक दशक अगाडि निर्माण भएको थियो । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशित फिल्मबाट श्वेता खड्काले अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>