डिशहोमको ३६५ दिन सित्तैमा इन्टरनेट जित्ने मौका ‘खुसीको बोनस’

काठमाडौँ । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ ।
यो विशेष योजनाअन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता आयोजना हुने लक्की ड्रमा सहभागी बन्न सक्नेछन् । उक्त लक्की ड्रमार्फत हरेक सातामा १४ जना भाग्यशाली विजेता चयन गरिनेछ, जसले एक वर्षका लागि सित्तैमा इन्टरनेट सेवा प्राप्त गर्नेछन् । यस अफरमा सहभागी हुने विजेतामध्ये १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहक हुनेछन् भने बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक रहनेछन् ।
विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि टेलिभिजन च्यानलमार्फत गरिनेछ । यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा, त्यसको विकल्पस्वरूप आइतबार साँझ सोही समयमा घोषणा गरिनेछ । नयाँ जडानका लागि नजिकको डिशहोम डिलरसँग सम्पर्क गर्न वा ०१–५९७०३६५ नम्बरमा फोन गर्न सकिनेछ । यस्तै, हालका प्रयोगकर्ताहरूले खल्ती, ईसेवा वा माईडिशहोम मोबाइल एपमार्फत वार्षिक रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन् ।
डिशहोमले हाल उपलब्ध गराउँदै आएका वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबिपिएसको मूल्य रू. ८,५००, २०० एमबिपिएसको रू. ११,५०० र ३०० एमबिपिएसको रू. १३,५५० रहेको छ, जुन सबै भ्याटसहितको दर हो । नयाँ जडानको हकमा थप रू. १,१३० लाग्नेछ ।




