मनाेरञ्जन
‘स्पाइडर-म्यान’ को कमाइ १६ करोड नाघ्यो

काठमाडौं । ‘स्पाइडर‑म्यान ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने पाँचौ विदेशी फिल्म बनेको छ ।
सोमबार दिउँसोसम्म ‘स्पाइडर‑म्यान ब्रान्ड न्यू डे’ ले घरेलु बक्सअफिसमा १६ करोडको आँकडा पार गरेको छ । ‘स्पाइडर‑म्यान ब्रान्ड न्यू डे’ को अहिलेसम्मको कुल कमाइ १६ करोड २ लाख रुपैयाँ ग्रस कलेक्सन छ । ‘स्पाइडर‑म्यान ब्रान्ड न्यू डे’ ले निकट आगामी सप्ताहन्तसम्म रणवीर कपुर स्टाररर भारतीय फिल्म ‘एनिमल’को कुल कमाइ १६ करोड ५६ लाख रुपैयाँ ग्रसलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।
रोचक कुरा के छ भने, नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको १० शीर्ष सूचीमा एकमात्र हलिउड फिल्म ‘स्पाइडर‑म्यान’ छ ।




