अन्तराष्ट्रियसमाचार

अस्ट्रेलियाले खोज तथा उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने

१८ भदौ, काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार प्रयासलाई समर्थन गर्न अस्ट्रेलिया विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउँदैछ ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङका अनुसार, फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहित एक १५ सदस्यीय ड्रोन विशेषज्ञ टोली नेपाल आइपुग्नेछ । यो टोली अत्याधुनिक ड्रोन प्रविधिको उपयोग गरी छिटो नक्सा तयार गर्ने र तस्बिर उपलब्ध गराउने छ। यसले नेपाली अधिकारीको खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने जानकारी अस्ट्रेलियाली सरकारले दिएको छ ।

नेपाल सरकारले अस्ट्रेलियाको निरन्तर सहयोगलाई स्वीकार गर्दै खोजी तथा उद्धार कार्यमा औपचारिक रूपमा सहायता माग गरेको थियो । अस्ट्रेलियाले खोजी, उद्धार तथा पुनःस्थापना अभियानमा अझै सहयोग गर्न तत्पर रहेको पनि जनाएको छ । यसअघि, अस्ट्रेलियाले १९ जना कर्मचारी नेपाल पठाइसकेको छ, जसमा कन्सुलर तथा मानवीय सहायता, अस्ट्रेलियन फेडरल पुलिस र रक्षा मन्त्रालयका कर्मचारी समावेश छन् ।

बाढी र विपत्तिका कारण नेपालमा रहेका ३८ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>