अर्थ खबर

‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार

२२ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फ प्रसारण अधिकार नेट टिभीले सुरक्षित गरेको छ ।

नेपाल क्रिकेट संघको कार्यालयमा सोमबार बोलपत्र खोल्दा नेट टिभीले उच्चतम रकम कबुल गर्दै सो अधिकार प्राप्त गरेको हो । नेट टिभीले करबाहेक १८ करोड ४ लाख कबुल गरेको थियो, जबकि अर्को प्रतिस्पर्धी डीगो स्ट्रिमले करबाहेक १७ करोड कबुल गरेको थियो । ओटीटीमा वर्ल्डलिंकको लगानी रहेको नेट टिभी र डीस होमको लगानी रहेको डीगो स्ट्रिम गरी दुईवटा मात्र कम्पनीले प्रस्ताव गरेका थिए ।

नेट टिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले एनपीएल प्रसारणको अधिकार जितेको पुष्टि गरे । उनले भने कि हामीले प्रस्तावित गरेको रकम सबैभन्दा बढी थियो र प्रक्रिया पुरा भएपछि इमेलमार्फत् पुष्टि गरिने आश्वासन दिइएको छ । नेपाल क्रिकेट संघले ओटीटी प्लेटफर्मलाई नेपालभित्र करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकहरूबाट ६ सय रुपैयाँ, र अन्य मुलुकहरूबाट १० अमेरिकी डलरसम्मको शुल्क लिएर ग्राहक बनाउने अधिकार दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>