अर्थ खबर

अब आफ्नै एटीएम बाड्दै सहकारी संस्थाहरु

२२ फागुन, काठमाडौं । सहकारी संस्थाहरुको अब आफ्नै एटीएम कार्ड जारी हुने भएको छ। आइतबार कार्ड जारी गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) र ग्लोबल आइएमई बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता पत्रमा एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले हस्ताक्षर गरे। योसँगै सहकारी संस्थाहरुले ‘कोप कार्ड’को नाममा अब आफ्ना सदस्यहरुलाई एटीएम सेवा दिन पाउनेछन्। सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटीएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ। यस्तो कार्ड यूपीआई नेटवर्कमा जोडिएका जुनकुनै देश र जुनकुनै बैंकको एटीएमबाट पनि प्रयोगकर्ताले नगद झिक्न सकिने एसटीसीका अध्यक्ष सुमन पोखरेलले बताए।

सम्झौता पछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ। यसअघि एक सय भन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा लउपब्ध गराउदै आएका छन्। एसटीसीका प्रमुख कार्यकारी अधिकृत भुजुले सम्झौताले आफूलाई उत्साहित बनाएको बताए। सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले यो सम्झौताले सहकारी संस्थाहरुप्रति सदस्यहरुको विश्वसनियता बढ्ने बताए। पछिल्ले समय कार्डरहित कारोबार धेरै हुने गरेको अवस्थामा किन यस्तो सम्झौता गरियो भन्ने प्रश्नमा गुरागाईले अझै ५/७ वर्ष कार्डमा आकर्षण बढ्ने बताए।

अहिले मतदाताहरुमात्रै १ करोड ८० लाख रहेको भन्दै उनले भने, ‘कार्ड प्रयोगकर्ता अहिले ६० लाख हाराहारीमा मात्रै हुनुहुन्छ, अझै १ करोड २० लाखलाई हामीले जोड्न बाँकी नै छ।’ सम्झौताले अब सहकारीमा रहेको बचत निकाल्न कार्यालय समय नै कुर्नु नपर्ने भन्दै यसले सहकारीका सदस्यहरुलाई राम्रो सहयोग हुने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>