
काठमाडौं । प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । मंगलबार पर्सामा कोरोनाभाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो ।
प्रदेश नम्बर २ को बारा, रौतहट र धनुषा र सप्तरीमा पनि कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, रौतहटमा ३, धनुषा र सन्तरीमा १–१ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रदेश नम्बर २ मा ३ जनामा कोरोना निको भएका छन् । पर्सामा ३ र रौतहटमा १ जना गरी निको भएका हुन् । यसअघि पर्साको छप्कैयाको स्थिति भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।
आज थप ५७ जना भेटिएसँगै देशभर कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ । त्यसमा ३३ जना निको भएका छन् ।




