राष्ट्रिय
थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।





