अर्थ खबर
सुनको मूल्य तोलामा ९९ हजार ३०० पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




