भिडियो
दयाहाङ र निरन्जलीको ‘बल्ल–बल्ल भेट भो’

काठमाडौँ । अभिनेता दयाहाङ राई फिल्म अभिनयमा निकै व्यस्त रहेपनि कोरोनाको कहरका कारण लकडाउन भएपछि उनी फुर्सदिलो भए ।
अहिले लकडाउन खुलिसकेको अवस्था हो । तर, राज्यले फिल्म क्षेत्रको प्रतिबन्ध कायमै राखेको कारण गतिबिधि हुन सकिरहेको छैन । त्यसैले उनी फुर्सदिलो नै छन् । यो फुर्सदको समय दायहाङले म्यूजिक भिडियो अभिनय गरेर समेत बिताउन थालेका छन् । लकडाउन खुकुलोपछि खिचिएको दयाहाङ अभिनित एक म्यूजिक भिडियो ‘बल्ल–बल्ल भेट भो’ सार्वजनिक भएको छ ।
मिलन चाम्सको निर्देशन रहेको भिडियोमा दयाहाङले निरन्जली लामासँग कम्मर मर्काएका छन् । भिडियोमा क्षितिज सुवेदी समेत देखिएका छन् । दीपक शर्माको शब्द, संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो ।




