भिडियो

आँचल र जीपीको ‘जाउँ माया जाउँ’

गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ ।

गीतमा राजनराजकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ ।

सम्पूर्ण सुख सुविधा छाडेर गाउँ घरमै बसोबास गर्ने र रमाउने भावलाई गीतमा प्रस्तुत गरिएको छ । शहरबाट गाउँ फर्केको देखाइएको यो भिडियोमा आँचल र जेपीले एकअर्काप्रति समर्पण भाव दर्शाउँदै प्रेम प्रकट गरेको देख्न सकिन्छ । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा रुपेश थापाको छायांकन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>