भिडियो

राजेश पायल राई, रुक्सना लिम्बुको ‘चोरी भो -२’

पेमा देचेन तामाङपछि आफ्नो बाचा अनुरूप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमिफाइनलसम्म पुगेकी अर्की गायिका रूक्सना लिम्बुसँग गायक राजेश पायल राईले ‘चोरी भो’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

गायक राजेश पायल राईको आफ्नै संगीत तथा राजन मुकारूङको शब्द रहेको ‘चोरी भो’ गीतलाई यसअघि यही टिमले द भ्वाइसकी मेलिना मैनालीसँग रेकर्ड गरि तयार गरिएको गीतको दोस्रो भागको रुपमा तयार गरेको हो। स्टुडियो किंङमा रेकर्ड गरिएको गीत राजु कार्कीको संगीत संयोजनमा तयार भएको हो। गत शुक्रबार राजेश पायल राईको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको गीत कतारसँगै नेपालमा पनि ट्रेन्डीङमा उक्लिरहेको छ।

आफूले गीत ट्रेन्डीङ र भ्युजको लागि नभई राम्रा प्रतिभा र राम्रा गीत -संगीत ल्याउने सानो प्रयासमात्र गरिरहेको बताउँदै गायक तथा संगीतकार राई श्रोता -दर्शकले गीत-संगीत मन पराएपछि आफैं भ्युज र ट्रेन्डीङको भींडमा पस्ने बतए। राजेश पायल राई म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभाहरु ल्याउने दृढता राईले व्यक्त गरे। गायक राईको रूक्सना लिम्बुसँग अरु गीतहरु पनि आउने र भ्वाइस अफ किड्सको फाइनल राउण्डमा पुगेकी अर्की गायिका मिन्छामा राईसँग पनि नयाँ गीत आउने तयारी रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>