स्वास्थ्य

स्मरण सक्ति बढाउने ३ उपायहरु

एजेन्सी – पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ ।

अनारको जुस
अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिल्यै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन । अन्य फलफूलको जुस पिउँदा भने रगतमा चिनीको मात्रा बढ्छ ।

चुकन्दरको जुस
चुकन्दरमा एन्टी अक्सिडेन्ट, भिटामिन, फाइबर जस्ता पदार्थहरु भरपुर मात्रामा हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चुकन्दरमा पाइने नाइट्रिक एसिडले रक्तको प्रवाहलाई राम्रो बनाउँछ । जसले दिमागको काम गर्ने क्षमतामा समेत बढोत्तरी हुन्छ ।

ग्रीन टी
ग्रीन टी स्मरणशक्ति बढाउने एक सही उपाय हो । यसमा पाइने एन्टि एक्सिडेन्ट र एमिनो एसिडले बेचैनी र दबावको स्थितीलाई कम गर्छ । र स्मरणशक्ति बढाउँछ । ग्रीन टीमा एलथियानिन नामक एक यौगित पदार्थ पाइन्छ जसले शरीरमा भएको ‘स्ट्रेस हर्मोन’ (कार्टिसोल) को स्तर समेत घटाउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>