जसपा कुनै पनि हालतमा फुटनु हुदैन : दल मर्दन कामी केन्द्रिय सदस्य जसपा

जसपा कुनै पनि हालतमा फुटनु हुदैन…एकाअर्का बीच गालीगलौच गरेर उम्कन जसपाका कुनै नेतालाई छुट छैन । आम जनता हामी उत्पीडित जाती समुदाय जनता एक ठाउमा आएका छ्न अब हामिले मुक्तिको सास फेर्न पाउने छौ भनेर पार्टी र पार्टीका नेताकार्यकर्ता माथी पुर्ण भरोसामा दंग थिए भने उत्पीडित जनताको नाममा पार्टी खोलेर पार्टीलाई भर्र्याङ् बनाइ सत्ता र शक्तिमा रहेर जनताको रगर र पसिना चुसेर तिनै उत्पीडित जनताक त्याग तपस्या बलिदानको रगत माथि होलि खेल्दै रगत चुसेर मोटाएको जुका र किर्ना जस्ता गद्दार नेता हरुको मनमा ढ्याङ्ग्रो बजेको थियो ।
यसै बिच जनताको अग्रगमन देख्न नचाहने कुख्यात अपाराधी जनताको त्याग तपस्या र बलिदानिपुर्ण रगत र पसिनामा मोटाएका प्रतिगामी तत्वले एकाएक राजनीति खिचातानी र स्वार्थमा मोडारिन पुगे जसको कारण केपि ओलिले कु गरेर संसद विघटन गरेर देशलाई प्रतिगमनतिर धकेले । यसबेला उत्पीडित जनताको अग्रगामी शक्ति र तिनका नेताकार्यकर्ता एक ठाउमा उभिएर संघर्ष गर्नु कर्तव्य र अनिवार्यता हो । यसैबिच लामो संघर्ष त्याग तपस्या र बलिदान बाट उत्पीडित जाती समुदायका प्रत्यक्ष जनताका नेतृत्व गर्दै उत्पीडित जाती बर्ग र समुदाय बाटै नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी नेपाल हो तर दुखका साथ भन्नू पर्छ पार्टी भित्रका मतभेद दुई चिरामा छाताछुल्ल भएकाछन ।, पार्टी नेताकार्यकर्ता बीच एकाअर्कालाई आरोप प्रतिआरोप र एकाअर्का बीच गालीगलौच गर्ने काम छताछुल्ल भएको छ यो हामी उत्पीडित जनताको दुर्भाग्यपूर्ण छ।
पार्टी भित्र मतभेद दुई चिरामा छाताछुल्ल भएको छ पार्टी नेताकार्यकर्ता बीच एकाअर्कालाई आरोप प्रतिआरोप र एकाअर्का बीच गालीगलौच गर्ने काम को सृजना हुनु यो जसपाका सामान्य नेताकार्यकर्ताको दोष छैन । यसको दोष पार्टीका शीर्ष नेता भनिएका गनिएका र मानिएकाको हो।यो पुर्ण रूपमा गलत छ। आम उत्पीडित जनताको चाहाना र रास्ट्रको आवश्यकता उत्पीडित जनताको पक्षमा रहेका सबै पार्टी एक ठाउमा उभिएर प्रतिगमनका विरुद्ध लड्नु पर्ने बेला एकाअर्कालाई दोषारोपण गरेर आन्दोलनलाई ओझेलमा पार्ने र आम जनता पार्टीका नेताकार्यकर्ता लाई दोसाँधमा राख्नु महाभुल हुनेछ यसर्थ एकाअर्का बिच गालिगलौज आरोपप्रत्यारोप बन्द गरौ र पार्टी भित्र बृहत छलफल र अन्तर घुलनको बाताबरण बनाउ धमिलो पानीमा माछा मार्ने छुट कोहि नेतालाई छैन।
जसपामा हामी दोस्रो ,तेस्रो चौथो लियरमा रहेर पार्टी लाई अगाडि बढाउन सहमत भएको र हामीले पार्टीमा सर्बोच्च नेता अर्थात पदाधिकारी ,कार्यकारी केन्द्रिय बनाएको र मानेको हामी नसक्ने र नजान्ने भएर होइन सिस्टम लाई मानेर अहिले यसै होसनत भनी सहमति भएका हौं । यसर्थ पार्टीका शिर्ष नेता मानिएका र भनिएकाले कसैले कसैलाई कम्जोर नसोचौ ,कमजोर नठानौ । यसर्थ सबै नेतृत्व ज्यु हरुलाइ आग्रह छ अनुरोध छ । पार्टी भित्र आन्तरिक रूपमा बृहत् छलफल गरेर आलोचना आत्माआलोचना गरि पार्टीलाई एक ढिक्का पार्नुहोस र पार्टीलाई आम जनताको सेवामा समर्पित बनाउनुहोस हैन सक्नुहुन्न भने तत्काल सकेनौ भनेर दोस्रो तेस्रो पंक्तिका नेताकार्यकर्ता लाई अगाडि बढनु दिनुहोस् तपाईं हरुको सम्मान गर्दै पार्टीलाई एक ठाँउमा राखेर जनताको सेवामा हामी अगाडि बढ्ने छौ पार्टीलाई बढाउने छौ ।
दल मर्दन कामी केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति जसपा नेपाल ।




