लेख
बगर र खोली -श्याम कार्की

-श्याम कार्की
तिमी खोली म बगर संगै रहने सबैलाई बुझाइदिनु।
बर्खा लाग्दा रिसाए झै गरि मै तिर जुरमुराइदिनु।।
म हजार खडेरी सुख्खा पनलाइ सहौला
बस बेला बेला तिमी छाल बनी मलाइ रुझाइदिनु।।
तिर्खाउनेहरु बगरलाइ टेक्न सक्छन तिमिले लेउ लगाइदिनु।
म चिप्ल्याउदै उस्लाइ तिमी सम्म ल्याउला तिमिले स्वाट्ट बगाइदिनु।।
सुख्खा बगरले खोलीलाई साचो प्रेम गर्छ।
खोली तिमी पनि साङ्लो बनी आफ्नो बिस्वास जगाइदिनु।।
खहरे बनी तिमी आउदा मेरो हात समाइ अलि तल सम्म लानु।
बाधा अर्चन सब मै सहुला तिमी एक गतिमा जानू।।
तिमी अन्तै गएर ठोकिएउ भने बाटो फेरिन्छ प्रीय।
त्यसैले तिम्रो एकल प्रेमी बगर छ भनी सधै सम्झनु।।




