समाचार

जातीय विभेद विरुद्ध तीन बुदे माग

नबराज बिक सहितको मृत्युमा वर्तमान अर्थ मन्त्री जनार्दन शर्माले आफै हामफालेको अभिव्यक्ति दिएको बिषयलाई लिएर जनार्दन शर्मा मन्त्री पदमा रहन नहुने भन्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दलमर्दन कामिले बाराम्बार बिरोध जनाईरहेका छन ।

जातिय विभेद विरुद्ध राष्ट्रिय अलायण्सले बिहिवार पनि रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर यसको बिरोध जनाएको छ। बिहिवार गरिएको पत्रकार सम्मेलनमा कथित “अछूत” वा दलित बनाइएका ६०-७० लाख दलितमाथि अपमान, घृणा र हिंसा झनै बढेर गएको उल्लेख गरे ।नवराज विक र उनका ५ जना साथीहरूलाई मारेर भेरी नदीमा फ्याकिदिएको भन्दै सांसद जनार्दन शर्माले संसदमा मृतकहरू आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झूटो विवरण प्रस्तुत गरेको प्रती तत्कालीन समयदेखि नै दलित संघसंस्था जनार्दन शर्मा प्रती रुष्ट छ्न। बिहिवार गरिएको पत्रकार सम्मेलनमा ३ बुँदे माग अघि सारिएको छ ।

मागहरु:
१) अपराधीको पक्षमा संसदमा बोलेकामा सार्वजानिक माफी माग !
२) सबै मृतकहरूलाई (जातीय समानता र न्यायको लडाईमा) शहीद घोषणा गर !
३) पीडित परिवारहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, गासबासकपासको व्यवस्था गर !

पत्रकार सम्मेलन सम्पन्न
प्रेस विज्ञप्ति विवरण

पत्रकार मित्रहरू,

तमाम राजनीतिक र कानूनी परिवर्तनका बाबजुद हाम्रो देशमा कथित “अछूत” वा दलित बनाइएका ६०-७० लाख दलितमाथि अपमान, घृणा र हिंसा झनै बढेर गएको छ। कुनै पार्टीको सरकारले पनि नया कानून कार्यान्वयन गर्दै छुवाछुतजन्य अपराध र अत्याचार नियन्त्रण गर्ने हेतु ठोस कदम चालेको देखिदैन। उल्टो, जातीय हिंसामा संलग्न अपराधी संरक्षण गर्ने र पीडितलाई न्यायबाट बन्चित गर्ने खेदजन्य हर्कत राज्यको तर्फबाट पटकपटक भैराखोको अवस्थामा कानूनीराज्य कमजोर भएको मात्रै होइन, दलित समुदायमा चरम निरासा र बिद्रोहको भावना फैलिएको छ।

गत साल पश्चिम रूकुम सोती गाउमा अन्तरजातीय विवाहको निहुमा तीन गाउका कथित उच्च जातीयहरूले लखेटी लखेटी, चरम यातना दिएर नवराज विक र उनका ५ जना साथीहरूलाई मारेर भेरी नदीमा फ्याकिदिए। त्यो संभवत: नेपालको इतिहासमै सबैभन्दा ठूलो जातीय नरसंहार मध्ये एक हो। जातीय अहंकार र घृणाको सबैभन्दा क्रुर रूप थियो त्यो। उक्त जातीय हिंसाले नेपाली समाजको, नेपाली धर्मसंस्कारको, नेपाली सभ्यताको अन्तराष्ट्रिय बेइज्जति भएको सबैले महशुस गरेका छन्। तर, सांसद जनार्दन शर्माले संसदमा मृतकहरू आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झूटो विवरण प्रस्तुत गरे। उनले आफ्ना पार्टीका मानिस र नातेदार अभियुक्तहरू संरक्षण गर्ने अभिप्रायले शक्तिको दुरूपयोग गर्दै कानूनी प्रकृया प्रभावित गरेको आम बुझाइ छ।

ती नै विवादित व्यक्तिलाई नवनिर्मित देउवा सरकारमा अर्थमन्त्री नियुक्त गर्दा तमाम दलित/शिल्पी समुदायले घोर अपमान महशुस गरेको छ। उनले सरकारको यति जिम्मेवार पदमा बस्ने नैतिक हैसियत राख्दैनन्। हाल सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा पीडित पक्षले (मगर र ठकुरी मृतकका परिवार समेतले) न्याय नपाउने खतरा समेत बढेर गएको छ। तसर्थ, शर्मालाई तुरून्त बर्खास्त गरी कानूनी शासनको प्रत्याभूति गर्न हामी जोडदार माग गर्दछौं।

यसका साथै हाम्रो आन्दोलनका तर्फबाट निम्न मागहरू राख्दछौं:

१) अपराधीको पक्षमा संसदमा बोलेकामा सार्वजानिक माफी माग !
२) सबै मृतकहरूलाई (जातीय समानता र न्यायको लडाईमा) शहीद घोषणा गर !
३) पीडित परिवारहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, गासबासकपासको व्यवस्था गर !

छुवाछुत र जातिभेद नियन्त्रण गरी समाजमा न्याय, शान्ति, सद्भाव, भाइचारा कायम गर्ने हाम्रो यो आन्दोलन र आवाजलाई साथ दिनुहुन राजनीतिज्ञ, पत्रकार, वुद्दीजीवि, नागरिक समाज लगायतका संपूर्ण न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्दछौं।

संयोजकहरू: दलमर्दन कामी, चन्देश्वर दास, कमला हेमचुरी र डा. मित्र परियार
जातीय विभेद विरूद्द राष्ट्रिय अलायन्स(National Alliance against Caste Discrimination (NACD))

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>