समाचार

उदयपुरका कुन पालिकामा कति बजेट आयो ?

गाईघाट। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट पेश गरेको छ। संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ।
७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ । अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन्। उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ८१ करोड ७९ लाख बजेट पाएका छन्। चार वटा नगरपालिकामा २ अर्ब ४३ करोड ६० लाख बजेट विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्ब ३८ करोड १९ लाख विनियोजन भएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आवको लागि उदयपुरमा २३ करोड ३० लाख बढी बजेट विनियोजन भएको छ।

उदयपुरमा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ। नगरपालिका मध्ये सवैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ। त्रियुगा नगरपालिकामा ८६ करोड ५ लाख बजेट विनियोजन भएको छ भने बेलका नगरपालिकामा ५२ करोड ४७ लाख बजेट विनियोजन भएको छ। गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ। उदयपुरगढी गाउँपालिकामा ४३ करोड ८८ लाख र लिम्चुङबुङ गाउँपालिकामा २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ। लिम्चुङबुङ गाउँपालिकामा चालु आर्थिक वर्षमा २५ करोड ६९ लाख बजेट भएपनि आगामी आवको लागि २ करोड २२ लाख बजेट घटेर आएको छ।

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत २३ करोड ४८ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ५७ करोड २४ लाख, विशेष अनुदान ३ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ८४ लाख गरी ८५ करोड ५ लाख विनियोजन भएको छ। गत वर्षको तुलनामा ६ करोड ९८ लाख बढी रकम विनियोजन भएको हो।

बेलका नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १४ करोड ६९ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ६० लाख गरी ५२ करोड ७७ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको भन्दा ४ करोड २० लाख बढी हो।

चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १६ करोड, सशर्त अनुदान शिर्षक अन्तर्गत ३३ करोड १९ लाख र विशेष अनुदान तर्फ १ करोड ८० लाख, समपुरक अनाुदान पुँजीगत १ करोड ६० लाख गरी ५२ करोड ५९ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको भन्दा करिव ४ करोड ३५ लाख बढी हो।

कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १२ करोड ३७ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३९ करोड २ लाख, समपुरक अनुदान पुँजीगत १ करोड १० लाख गरी ५२ करोड ४९ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको भन्दा २ करोड ९० लाख मात्रै बढी हो।

उदयपुरगढी गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १७ करोड २३ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २६ करोड ६५ लाख गरी ४३ करोड ८८ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको भन्दा २ करोड ४१ लाख मात्रै बढी हो।

ताप्ती गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ८ करोड ५० लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १७ करोड ३० लाख, विशेष अनुदान तर्फ २ करोड ४५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड गरी २९ करोड २५ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको तुलनामा २ करोड ९२ लाख बढी हो।

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १० करोड ७८ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २६ करोड ६८ लाख, विशेष अनुदान तर्फ १ करोड १३ लाख र समपुरक अनुदान पुँजीगत तर्फ ३ करोड गरी ४१ करोड ५९ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको तुलनामा १ करोड ७६ लाख बढी हो।

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ७९ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १४ करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० लाख गरी २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको तुलनामा २ करोड २२ लाख बजेट घटेर आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>