भिडियो
सलोन वर्षालाई सम्झदै

नायिका वर्षा राउत र नायक सलोन बस्नेतले अभिनय गरेको ‘सम्झेर एक्लै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मेलिना मैनाली र एसडी योगीको स्वर, एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्दमा तयार भएको यो गीत सुमधुर छ । गीतले एक यूवक र एक यूवतीले एक अर्काविच प्रेम भएपछि व्यक्त गरेको भावनालाई प्रस्तुत गरेको छ ।
भिडियोमा सलोन र वर्षाको गहिरो प्रेम कथालाई देखाइएको छ । विवेक रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोलाई गज्जबको टिभीले निर्माण गरेको हो ।




