मनाेरञ्जन

प्राञ्जल चालिसे हात पारे ग्लोकल टीन हिरो २०२१ उपाधि

काठमाडौँ , सेप्टेम्बर १, २०२१ ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२१” को उपाधि
प्राञ्जल चालिसेले, जित्न सफल भएका छन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र
उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र
अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो
सातौं संस्करण हो । शिक्षा, उद्यमशीलता, कुटनीति, एवम अन्य विविध क्षेत्रका
ब्यक्तित्वहरुको उपस्थितीमा आज अन्लाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो
नेपाल, २०२१ को घोषणा गरिएको हो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईं, युत्युबर,
दीपक सतिहार, सामाजिक उद्यमी, खुस्बु भण्डारी, वन्यजन्तु संरक्षणवादी, नेहा गुरुङ,
सामाजिक अभियन्ता, र प्राञ्जल चालिसे, टेक्नोप्रेनेउर बीच प्रतियोगिताको बिजेता
चयन गरिएको थियो ।

प्राञ्जलले दृष्टि नेपाल को आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र
नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यस्तै गरी, उनले कृषि समाचार र प्रामाणिक
स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट
किसानहरुलाई मद्धत मिलेको छ । महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवम सुरक्षा
कारणहरुका कारण अवसरहरु बाट वञ्चित हुन नपरोस भन्नका लागि उनले एक महिला सुरक्षा
एप पनि निर्माण गरेका छन्। उनको अन्य दुइ शैक्षिक एपहरु छन् जसमा ५००
प्रयोगकर्ताहरु छन । प्रान्जलले एक गैर नाफामुखी टेक्नोलोजी उद्यम “ई–शिक्षिका नेपाल” को सुरुवात गरेका छन,
जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्धत गर्दछ । उनी नेपाल
फाउन्डेसन इनिसिएटिभ बोर्ड को सदस्य हुन् र हाल ब्लकचेन टेक्नोलोजी र
स्मार्ट ठेक्काहरु र टेक्नोलोजिकल उन्नतिले विस्तारित लेनदेन प्रक्रियाहरुको
लागतलाई कम गर्न को लागी के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका
छन।

देश भरिका किशोर किशोरीहरुबाट कुसल ६११ आवेदन आएकोमा आज ग्लोकल टीन
हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार,
खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता
विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण
युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदुत श्रीमती नोना डेप्रेज,
गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, श्रीमती विदुसी राणा,
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक श्रीमती वरुण चौधरी, नेपालका लागि कोका
कोला कम्पनीका कन्ट्री निर्देशक श्रीमती आदर्श अवस्थी, र ज्योति ग्रुप अफ
कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, श्रीमती सौरभ ज्योति, रहनु
भएको थियो । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले दिन लामो क्षमता बिकास
कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीकोे कामको
सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि
अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२१ को बिजेता घोषणा गरिएको
थियो। देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न
सँगसंस्थाहरु साझेदारका रुपमा जोडीनु भएको थियो । ग्लोकल प्रा लिले शीर्षक

साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको
रूपमा भारतीय दुतसतावास, युनेस्को र युरोपेली संघ, आधिकारिक होटल साझेदार का
रुपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा,
पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यु डब्ल्यु एफ नेपाल, द् ब्रिटिश कलेज,
आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ
हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स
कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी – चित्र, टेलिभिजन
पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, यु यन भि,गेनेसे
क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यु योर चोइस रहेका छन ।

किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई
प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर
सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुसरण
गर्न प्रेरणा दिइरहेका छ् र प्रशस्त अवसरहरू प्रदान गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>