प्रदेशसमाचारसुदूरपश्चिम प्रदेशस्थानीय

लगातार वर्षाले सुदूरपश्चिममा १४ जनाको मृत्यु २८ जना बेपत्ता

३ कार्तिक, बसन्त बोगटी, धनगढी। गत आइतबारदेखिको लगातार वर्षाको कारणले सुदूरपश्चिमको सबै जिल्लामा जनजिवन प्रभावित भएकोछ।

डोटीमा ९ जना, बैतडीमा ३ जना र डडेल्धुरमा २ जना गरी जम्मा १४ जनाको मृत्यु भएको स्थानिय जनप्रतिनिधि र सुरक्षा निकायले जानकारी गराएको छ। अझै २८ जना बेपत्ता भएको पनि जानकारी छन् भने सयौं परिवार बाढीपहिरो र डुबानले प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा हुने बताएका छन्। भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले गर्दा नेपालमाको विभिन्न भागमा बर्षाको प्रभाव रहेको विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>