
दिपेन्द्र राई, गाईघाट। समता बोर्डिंग स्कुलमा अध्ययनरत एक छात्रलाई मटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएपछी उपचारकोलागी बिराटनगर लागिएको छ।
कक्षा दुइ मा अध्यानरत सात बर्षीय बालक स्कुल छुट्टी भएर घर फर्कने क्रममा अचानक असारीबाट गाईघाट जान लागेको को २८ प ८६५२ नम्बरको मटरसाइकलले टक्कर दिंदा खुट्टा भाचिएको थियो ।
घटना पछी मटरसाइकल चालकलाई जिल्ला प्रहरि कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । बालकको अबस्था गम्भिर भएको कारणले उपचारको लागि बिराटनगर लगिएको शिक्षक डम्बर बहादुर राईले जानकारी गराउनुभएको छ।




