ईन्द्रेणी मोटर तथा फुड ग्यारेजले निशुल्क खाना वितरण

३० जेष्ठ, काठमाडौं मकल राई। ईन्द्रेणी मोटर तथा फुड ग्यारेजले निशुल्क खाना वितरण गरेको आज १७औ दिन भएको छ । शुरुमा १०० जना बाट निशुल्क खाना वितरण गरिएको ग्यारेजले अहिले दैनिक २५० भन्दा बढी खाना वितरण गरिरहेको संचालक उज्ज्वल ठकुरीले जानकारी दिएको छ।
शुरुमा आफ्नै खर्चमा शुरु गरिएको सेवामा अहिले केहि सहयोगी हातहरु पनि जोडिएको एम बि खबरलाई बताउनुभएको छ । ग्यारेजले गाडीमा राखेर बालाजु ,स्वयम्भू , ट्र्मा सेन्टर , छाउनि लगायत काठमाडौंको विभिन्न स्थानमा निशुल्क खाना वितरण गर्दै आईरहेको छ। अब सामाजिक सेवामा योगदान दिन ठकुरीले ईन्द्रेणी सामाजिक संस्था दर्ता गरि बिधिबत रुपमा अगाडी आउने योजना रहेको बताएका छन्।

ठकुरीले सहयोगीहातमा एराहीटि रानिबन बहुउद्देश्यीय युवा क्लब लगायत सम्पुर्ण इस्टमित्र तथा समाजसेवामा लागि परिरहनुहुने, स्वदेश , बिदेशमा बस्नुहुने र देश समाजको लागि केही गरौ भावना भयकाहरु प्रती आभार प्रकट गर्नुभएको छ । उहाँ भन्नुहुन्छ “हजुरको सानो सहयोगले सयौंको ज्यान बचाउन सकिन्छ भने किन नगर्ने, आउनुहोस कोरोनाको सामना संग संगै गरौ।”
लकडाउन पछाडी पनि गरिब,असक्त, बालबालिकाहरुको लागि सेवामा निरन्तर लागिरहने कुरा व्यक्त गर्नुभएको छ।




