भिडियो

मेलिना राईको ‘के छ तिम्रो विचार’ सार्वजनिक

चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘के छ तिम्रो विचार’ सार्वजनिक भएको छ । दीपराज थापाको तथा सोनाम बज्यूको संगीत र गीत संयोजन गीतमा छ । गीतको भिडियोमा कमेडियन दिनेश काफ्ले र अभिनेत्री नम्रता सापकोटाको रोमान्स रहेको छ । आरजु बैजुको कोरियोग्राफी रहेको भिडियो डान्सिङ शैलीमा बनेको छ ।

उमेरले परिपक्‍व एक युवतीलाई मन पराउने र मिठा-मिठा सपना देख्ने युवकको रमाइलो किस्सा भिडियोमा देखाउन खोजिएको छ । छायाङ्कन सुशन प्रजापतिको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा शिशिर खातीले निर्देशन गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>