अर्थ खबर

ललितपुर महानगर ११ सय स्मार्ट सडक बत्ती जोड्दै

२० माघ, काठमाडौं। ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ। मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो।

बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने उनले बताए । करिब ९ करोड बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ। यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको उनले बताए। महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको उनले बताए। यसले मुख्य चोकहरू रातको समयमा अँध्यारोमुक्त हुने मेयर महर्जनको दाबी छ।

दोस्रो चरणमा ११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको उनले जानकारी दिए। रातको समयमा सर्वसाधारणको आवत-जावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनको भनाइ छ। सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको महानगरपालिकाले जनाएको छ।

ललितपुरको स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत प्राधिकरणमै राखिएको छ। कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ। यो प्रणालीबाट विद्युत खपत पनि कम हुन्छ। सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ। मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ। यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ। यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन्।

यो बत्ती बेलुकी पुरै क्षमता ६० वाटमा बल्छ। तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्छ। यो बत्तीको बिल पनि खपतका आधारमा स्वचालित रुपमा सिस्टमले नै तयार गर्छ। अनुभव नभएको भन्दै स्मार्ट बत्तीमा प्राधिकरणले अनुसन्धान पनि गरिरहेकाले महानगरपालिकाले प्राधिकरणसँग सहकार्य गरेको हो।अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>