राजनीति

सिकाउन आएको हो भने संस्कार सिकाउनुहोस्, विवादित धर्मगुरुको संगत नसिकाउनुहोस्: निश्कल राई

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीतिमा नयाँ कुरा सिक्न चाहन्छन् भनेर बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले राजनीति सिक्न नभएर सिकाउन आएकाको बारेमा दिएको अभिव्यक्ति सम्झिए । राईले भने, ‘हामी सिकाउन आएका हौं भन्ने पनि सुनियो, तर हामी राजनीतिका नयाँ पक्षहरू सिक्न तयार छौं । प्रतिपक्षका सबै दलहरू पनि यसमा सहभागि हुन् ।’

जेनजी शहीद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले आफूहरू राजनीति सिक्न नआएको बरु अरूलाई सिकाउन आएको टिप्पणी गरेका थिए । बिहीबार प्रतिनिधिसभामा उसै अभिव्यक्ति सम्झाउदै कांग्रेस सचेतक राईले आफ्नो दल राजनीतिमा नयाँ कुरा सिक्न तयार रहेको बताए ।

उनी भन्छन्, ‘हामी सही प्रक्रिया र पद्धति बुझ्न चाहन्छौं । विधानसंगत काम गर्न र सहिष्णुता अपनाउन इच्छुक छौं । हामी सिद्धान्त सिक्न चाहन्छौं ।’ राईले भनेका छन् कि उनी पूर्वाग्रही भएर यस्तो कुरा गर्दैनन्। थप्दै, ‘हामी आलोचना र प्रश्न गर्न तयार छौं, तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम र अहंकार सिक्न भने आएका छैनौं ।’

जेनजी शहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा केही धर्म गुरुहरू पनि उपस्थित थिए । उनीहरूले त्यहाँ उपस्थित विवादित धर्म गुरुहरूको संगत आफूहरूले सिक्न नआएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>