मनाेरञ्जन

सुनम्रता र आरोनलाई किड्स क्यापिटल-२०२२ को उपाधि

काठमाडौं। चौथो संस्करणको किड्स क्यापिटल-२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठले जितेका छन्।

आइतबार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जिते भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन्। प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि जिते भने किन्स श्रेष्ठ र नायुमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि जिते। प्रतियोगितामा नम्रता बज्राचार्यले फस्ट रनरअप, अक्षता श्रेष्ठले सेकेण्ड रनरअप, देव्यानी खड्काले थर्ड रनरअप र अनुष्का खड्काले फोर्थ रनरअपको उपाधि जित्न सफल भए।

१३ प्रतियोगितामा किड्स क्यापिटलको उपाधि जित्न सफल आरोन श्रेष्ठ र आश्रृया थापालाई गायक कृष्ण विकले आफ्नो आगामी गीतको म्युजिक भिडियोमा अभिनय गराउने बताए। टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको यो प्रतियोगितालाई डा. दिक्पाल कार्कीले कोरियोग्राफी गरेका हुन्। सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गजित विष्ट, गायक कृष्ण विक, मोडल जोर्डन राजभण्डारी, मोडल प्रियारानी लामा र इभेन्ट मेनेजर कोमलनाथ कोइराला निर्णायकको रुपमा थिए। समारोहमा प्रतियोगीहरुले वीरेन्द्र हमालको निर्देशनमा तयार पारिएको नाटकमा अभिनय गरेका थिए भने संगीतकर्मी सुदेश शर्माको संगीतमा तयार भएको गीत प्रत्यक्ष गाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>